११ श्रावण २०८१, शुक्रबार
Follow Us

दुर्गा प्रसाईँ अराजकताको प्रतिनिधि हुन: एमाले महासचिव पोखरेल

नेपालब्रिटेन संवाददाता
२४ माघ २०८०, बुधबार १३:१५

काठमाडौं । एमाले महासचिव शंकर पोखरेले चुनाव भन्दा अगाडी गठबन्धन गर्ने प्रवृत्ति देशको लागि घातक भएको बताएका छन । साथै उनले निर्वाचनअघि गरिएको गठबन्धनले मुलुकलाई बन्धक बनाएको बताएका छन् ।

उनले जनताबाट तिरस्कृत दलहरु समेत गठबन्धनको आडमा चुनावमा जितेर सत्तामा टिकिरहन पाएपछि मुलुक सबै क्षेत्रमा अप्ठ्यारोमा परेको दाबी गरेका छन ।

आज बुधबार रुपन्देहीले बुटवलमा एमालेले आयोजना गरेको प्रशिक्षणमा महासचिव पोखरेलले यस्तो बताएका हुन । उनले गठबन्धनमा आवद्ध दलहरु सत्ता टिकाउने खेलमा मात्र व्यस्त भएको पनि बताएका छन ।

उनले कांग्रेस सधैं यथास्थितिको पक्षधर भएको र आन्दोलन संस्थागत गर्ने बेला जहिल्यै धोका दिने गरेको आरोप लगाउंदै उनले एमालेको सरकारले मात्र मुलुकको विकास गर्ने बताएका छन ।

उनले आगामी चुनावमा एमालेको बहुमत आउने गरी काम गर्न नेता कार्यकर्तालाई उनले निर्देशन गरेका छन । उनले दुर्गा प्रसाईँ अराजकताको प्रतिनिधि भएको टिप्पणी गर्दै पोखरेलले त्यस्ता व्यक्ति बेलाबखत पार्टीमा जन्मने बताएका छन । यस्ता व्यक्तिप्रति पार्टी र जनता होसियार हुनुपर्ने उनले बताएका छन ।