१६ बैशाख २०८१, आईतवार
Follow Us

एनआरएनएद्वारा कानुन मन्त्री गुरुङलाई गोर्खाजका मुद्दाबारे अवगत

नेपालब्रिटेन डट कम्
२५ माघ २०८०, बिहीबार ०७:१४

काठमाडौं । गैरआवासीय नेपाली संघका प्रतिनिधि मण्डलले कानून, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङसँग भेट गरी अहिलेको परिवेशमा गोर्खाजका मुद्दाबारे अवगत गरायो । संघका अध्यक्ष डा. बद्री केसीको नेतृत्वमा रहेको टोलीले मन्त्री गुरुङसँग गोर्खाजको बाङ्शजको नागरिकता निरन्तरता, असमान पेन्सेन र मार्च २७ मा हुन लागेको मन्त्री स्तरीय वार्तामा नेपाल सरकारबाट पनि एक मन्त्री स्तरीय टोली खटाइदिन अनुरोध ग-यो ।

संघका अध्यक्ष केसी​​​​​​ एनआरएनए अन्तराष्ट्रिय समन्यव समिति र अ. ले. चन्द्रबहादुर गुरुङ​​​ संयोजक गोर्खा कल्याण गैरआवासीय नेपाली संघ​ अन्तराष्ट्रिय समन्वय समितिद्वारा हस्ताक्षर गरेको ज्ञापनपत्र संयोजक रिटायर्ड चन्द्र गुरुङ र भुपु गोर्खका श्रीमति तथा समाजसेवी कमला गुरुङद्वारा हस्तातरण गरियो।

ज्ञापनपत्रका मुख्य बुँदा

१. नेपाली नागरिकता ऐन २०६३ को दफा १० उपदफा १ मा “नेपालको कुनै नागरिकले आफूखुशी कुनै विदेशी मुलुकको नागरिकता प्राप्त गरेपछि निजको नेपाली नागरिकता कायम रहने छैन” भन्ने ब्यबस्था गरिएको छ। यसलाई निम्न अनुसार संसोधन गरि, “तर यो ब्यवस्था १९४७ को त्रिपक्षिय संधी अन्तर्गत बेलायती सेनामा भर्ति भएका गोर्खा र निजका सन्ततीहरुका लागी भने लागु हुने छैन । तसर्थ, बेलायति सेनाबाट अवकाश प्राप्त गोर्खाहरु र निजका सन्ततीहरुका वंशजको नेपाली नागरिकता कायमै रहनेछ” भन्ने वाक्यांस राखिदिन बिनम्र अनुरोध गर्दछौं ।

२. यसै गरी गोर्खाहरुको निर्बृत्तीभरण संबन्धी नेपाल सरकार र बेलायत सरकार बिचमा वार्ता भै रहेको छ, तर विविध कारणले यसमा ढिलाइ हुंदैछ । यसरी बिलम्ब हुंदा कति गोर्खाहरुलाइ अति नै ढिला भै सकेको ९मृत्युवरण गरी सकेको अवस्था पनि हो यसर्थ, यो मुद्दालाइ छिट्टै निर्णयमा पुरयाउन मन्त्रिस्तरिय वार्ता टोली गठनको लागी पनि पहल गरी दिनु हुन बिनम्र निवेदन गर्दछौं ।