१२ श्रावण २०८१, शनिबार
Follow Us

माओवादीमा चुनाव चिह्न फेर्न सुझाव

नेपालब्रिटेन संवाददाता
२ फाल्गुन २०८०, बुधबार १३:५७

काठमाडौं । नेकपा माओवादी केन्द्रको विधान अघिवेशनमा सहभागी प्रनिनिधिहरुले पार्टीको चुनाव चिह्न फेर्न सुझाव दिएका छन । विधानमाथि २० समूहमा भएको छलफलका क्रममा अधिकांशले यस्तो सुझाव दिएका छन ।

१५ नम्बर समूहका टोली नेता हिमाल शर्माले पनि समूहको सुझाव पेश गर्दै पार्टीको चुनाव चिह्न फेर्न सुझाव दिएको एक नेताले जानकारी दिएका छन । ३२ बुँदामा सुझाव पेश गरेका शर्माले पार्टीको नाम ठिकै रहेको र केही साथीहरूबाट समाजवादी पार्टी नाम राख्न पनि सुझाव आएको एक नेताले जानकारी दिएका छन ।