काठमाडौं । एमालेले केन्द्रीय सदस्यद्वय ऐन महर र सिराज अहमद फारुकीलाई बर्खास्त गरेको छ । पार्टी मुख्यालय च्यासलमा बिहीबार बसेको सचिवालय बैठकले महर र फारुकीलाई बर्खास्तीको निर्णय गरेको हो । यद्यपि एमालेले बर्खास्ती नभई उनीहरुको राजीनामा स्वीकृत गरिएको दाबी गरेको छ ।
‘बैठकले केन्द्रीय कमिटीका सदस्यहरु अहमद फारुकी र ऐन महरको राजीनामा स्वीकृत गरेको छ’, प्रचार विभाग प्रमुख राजेन्द्र गौतमद्वारा जारी विज्ञप्तिमा भनिएको छ । फारुखीमाथि आर्थिक विचलन र महरमाथि यौन विचलनको आरोपमा कारबाही गरिएको एक नेताले जनाएको छ । केही महिनाअघि महर र पार्टीकै एक महिला कार्यकर्ताबीचको अडियो सार्वजनिक भएको थियो ।