१२ श्रावण २०८१, शनिबार
Follow Us

विमानस्थलबाट करिब एक किलो सुनसहित भारतीय नागरिक पक्राउ

नेपालब्रिटेन संवाददाता
८ फाल्गुन २०८०, मंगलवार १३:१२

काठमाडौं । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ सय ५५ ग्राम सुनसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतीय नागरिक ३५ वर्षीय शरिफ अहमद अब्दुल गफुर रहेको प्रहरीले जानकारी दिएको छ ।

अर्धठोस बनाएर ल्याइएको अवस्थामा सुनसहित गफुरलाई विमानस्थल सुरक्षा प्रहरी कार्यालयले पक्राउ गरेको एसएसपी कृष्णहरि शर्माले जानकारी दिएका छन । सोमबार राति दुबईबाट आएका गफुरलाई शंका लागेर जाँच गर्दा सुन फेला परेको उनले जानकारी दिएका छन । उनी फ्लाई दुबईको उडानमार्फत काठमाडौं आएका थिए ।

उनलाई थप अनुसन्धान र कारबाहीका लागि विमानस्थल भन्सार कार्यालय बुझाइएको एसएसपी शर्माले जानकारी दिएका छन ।