१८ जेष्ठ २०८१, शुक्रबार
Follow Us

राजेन्द्र महतोद्वारा लोसपा परित्याग, नयाँ राजनीतिक अभियानको घोषणा

नेपालब्रिटेन संवाददाता
१४ फाल्गुन २०८०, सोमबार १३:५४

काठमाडौं । लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोले पार्टी परित्यागको घोषणा गरेका छन् । केही समयदेखि पार्टीमा छुट्टै अभियानका लागि गृहकार्य गरिरहेका उनले सोमबार राजधानीमा पत्रकार सम्मेलन गरेर औपचारिक रूपमा ‘राष्ट्रिय मुक्ति क्रान्ति’ नामक अभियानको घोषणा गरेका छन ।

महतोले तत्कालका लागि आफूले अभियान घोषणा गरेको र पार्टीको आकार भने ग्रहण गरिनसकेको जानकारी दिएका छन । उनले आफू वैकल्पिक शक्ति निर्माणमा लागेको भन्दै विचार मिल्नेहरु जोसुकै पनि अभियानमा जोडिने सक्ने बताएका छन । महतोले बहुल राष्ट्रिय राज्य व्यवस्थाको माग अघि सारेका छन् ।

महतोले पत्रकार सम्मेलनमा वितरण गरेको विज्ञप्तिमा भनिएको छ, ‘देशमा एकल राष्ट्रिय राज्यको चिन्तन सोचबाट संविधान निर्माण र राज्यको सञ्चालन भई रहेको कारणले नेपाल सबै नेपालीको लागि बन्न सकेन, ‘नेपाली समाजको सत्वसँग मेल नखाने यिनीहरूको वैचारिकी धरासायी गराएपछि मात्र स्वदेशीय सभ्यताको आत्मिक जगमा बहुल राष्ट्रिय राज्य व्यवस्थाको निर्माण सम्भव छ ।

नेपाल राज्यको प्राकृतिक सत्ता भनेको बहुल राष्ट्र राज्य हो, सो तर्फ नेपालको राजनीति स्वाभाविक रूपले अगाडि बढ्छ नै ।’