१५ बैशाख २०८१, शनिबार
Follow Us

यस वर्षको ओस्कर अवार्ड ‘दी जोनअफ इन्ट्रेस्ट’लाई

नेपालब्रिटेन संवाददाता
२८ फाल्गुन २०८०, सोमबार ०७:११

लन्डन । विश्वप्रशिद्ध चलचित्र पुरस्कार ओस्कर अवार्ड यस वर्ष ‘दी जोन अफ इनट्रेस्ट’ले जितेको छ । बेलायती निर्दैशक जोनाथन ग्लेजरले निर्देशन गरेको यो चलचित्र विभिन्न तीन विधामा मनोनयनमा परेको थियो ।

सन् २०२३ मा रिलिज भई मनोनयनमा परेका चलचित्रहरु पुरस्कृत हुँदैछन् । चलचित्रका विभिन्न २३ विधामा पुरस्कार दिइँदैछ । समारोह ९६औं एकेडेमी अवार्डका रुपमा अमेरिकाको लसएन्जल्समा आयोजना गरिएको छ ।

उत्कृष्ट सहअभिनेताको उपाधी ‘ओपन हाइमर’का रोबर्ट डाउनी जुनियरले जितेका छन् । त्यस्तै उत्कृष्ट सहअभिनेतृ विधामा ‘दी होल्डओभर’की दाभिन जोय र्‍यानडलफ छानिएकी छिन् ।

यसैगरी उत्कृष्ट एनिमेटेड फिचर फिल्मको अवार्ड ‘दी बोइ एन्ड द हेरन’ले जितेको छ । कस्ट्युम डिजाइन, मेकअप तथा हेयरस्टाइल र प्रोडक्सन डिजाइन तीनै विधाको पुरस्कार ‘पुअर थिङ्स’ले हात पारेको छ ।

मनोनयनको एनिमेटेड सर्ट फिल्मतर्फको पुरस्कार ‘वार इज ओभर’ले जितेको छ । पटकथा लेखनतर्फ अमेरिकी फिक्सनले जितेको छ भने कथा लेखनमा ‘एनाटोमी अफ अ फल’ उत्कृष्ट घोषित भएको छ ।

अन्य विधातर्फको नतिजा घोषणा हुने क्रम जारी छ । ओस्कर अवार्डलाई चलचित्र क्षेत्रको सर्वोच्च उपाधीका रुपमा लिइँदै आएको छ । सन् १९२७ देखि सुरु भएको अवार्ड श्रृंखलाले ९६ वर्ष पार गरिसकेको छ ।