२७ बैशाख २०८१, बिहीबार
Follow Us

प्रधानमन्त्री दाहाल, कांग्रेस नेता कृष्ण सिटौला र रमेश लेखकबीच भेटवार्ता

नेपालब्रिटेन संवाददाता
६ चैत्र २०८०, मंगलवार १३:०९

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, राष्ट्रिय सभामा कांगेसका संसदीय दलका नेता कृष्ण सिटौला र प्रतिनिधि सभाका प्रमुख सचेतक रमेश लेखकबीच भेटवार्ता भएको छ ।

आज (मंगलबार) प्रतिनिधि सभाको बैठक अघि नयाँ वानेश्वरस्थित संसद भवनमा उनीहरुबीच छलफल भएको स्रोतले जानकारी दिएको छ । संसद संचालन, प्रिबजेट छलफल र संसदमा बिचाराधीन विधेयकहरुका सम्बन्धमा उनीहरुबीच छलफल भएको स्रोतले जानकारी दिएको छ ।

मंगलबार प्रधानमन्त्री प्रचण्डले प्रतिनिधि सभाको बैठकमा शून्य, विषय र आकस्म्कि समयमा उठेका प्रश्नहरुको जवाफ दिएका थिए । उपप्रधान एवं गृहमन्त्री लामिछाने सहकारीको रकम अपचलनसम्बन्धी अनुसन्धानको दायरमा रहेको भनी प्रश्न उठाउँदै आएको छ ।

यस सम्बन्धमा पनि प्रधानमन्त्रीले जवाफ दिएका छन् । त्यस अगाडि प्रधानमन्त्रीले नेताद्वय सिटौला र लेखकसँग छलफल गरेको स्रोतले जानकारी दिएको छ ।