२७ असार २०८२, शुक्रबार
Follow Us

कांग्रेस नेतृत्वमा सरकार छिट्टै बन्ने शेखर कोइरालाको दाबी

नेपालब्रिटेन संवाददाता
१८ चैत्र २०८०, आईतवार ०५:५६

काठमाडौं । कांगेस नेता डा शेखर कोइरालाले केही महिनाभित्रै सत्तारुढ गठबन्धन टुट्ने दाबी गरेका छन् । हिजो शनिबार राजधानीमा विपी स्मृति सामुदायिक अस्पतालको १६औं वार्षिक साधारण सभामा बोल्दै नेता कोइरालाले केही महिनापछि फेरि अर्को गठबन्धन बन्ने बताए ।

गठबन्धन टुटफुटको शृंखला संघबाट नभई सातवटा प्रदेशबाट सुरू हुने दाबी उनको थियो । ‘भोलि यही बागमती प्रदेशबाट शुरु हुन्छ । सातै वटै प्रदेशमा हुन्छ । केही दिन वा केही महिनापछि फेरि अर्को गठबन्धन बन्छ,’ कोइरालाले भने ।

कोइराला नेपाली कांग्रेस प्रमुख प्रतिपक्षी दल भएका कारण सत्तामा जाने प्रयास गरिराख्ने बताए । ‘हामी विपक्षमा छौं । हामी कोशिस गरिराखेका हुन्छौं, सत्तामा जानका लागि । त्यो स्वभाविक हो,’ उनले भने ।

उनले सत्यनिरूपण तथा मेलमिलाप र बेपत्ता छानबिनसम्बन्धी टिआरसी विधेयकमा एमाले सकारात्मक नभएकाले त्यसलाई पारित गर्नका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस नेतृत्वको गठबन्धन फुटाएर एमालेसँग गठबन्धन गरेको बताए ।

‘नेपाली काँग्रेस मानिहाल्छ भन्ने ठान्नुभयो,’ उनले भने, ‘तर, अदालतले दिएको निर्देशनलाई पालना गर्दै नेपाली काँग्रेस अन्तर्राष्ट्रिय संघ, संस्था, ह्युमन राईट्स लगायका संस्थाहरूले भनेका क्राइटेरियालाघ लिएर मात्रै अगाडि बढ्छौं ।’

धेरै पढिएको