१२ श्रावण २०८१, शनिबार
Follow Us

आत्महत्या गर्ने परिस्थिति छ : रेशम चौधरी

नेपालब्रिटेन संवाददाता
१९ चैत्र २०८०, सोमबार १३:२७

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका संरक्षण रेशम चौधरीले पार्टीभित्र उत्पन्न विवादलाई लिएर आत्महत्या गर्ने परिस्थितिमा पुर्‍याएको बताएका छन् । तीन महिनादेखि खाना नखाएको भन्दै उनले आफूलाई आत्महत्या गर्ने परिस्थितिमा पुर्‍याइएको गुनासो गरेका हुन् ।

पार्टीको बैठकमा भएको कुटाकुटबारे आज पत्रकारहरूसँग कुरा गर्दै चौधरीले यस्तो गुनासो गरेका हुन् । उनले आफ्नो पार्टीमा सरकारले हस्तक्षेप गरेको आरोप लगाए । आउँदो २३ र २४ गते बस्ने बैठकले छानिछानी कारबाही गर्ने चेतावनी पनि उनले दिएका छन् ।