२२ बैशाख २०८१, शनिबार
Follow Us

उच्च अदालतद्वारा महिला आयोग अध्यक्ष पराजुलीसँग लिखित जवाफ माग

नेपालब्रिटेन संवाददाता
२३ चैत्र २०८०, शुक्रबार १३:४८

काठमाडौं । राष्ट्रिय महिला आयोगको अध्यक्ष कमलाकुमारी पराजुलीले गरेको भ्रष्टाचारबारे पटक–पटक विभिन्न मिडियामा समाचार प्रकाशित भइहेका छन् । प्रमाणहरु सार्वजनिक भएका छन् ।

विगतमा महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयद्वारा विनियोजित ७ करोडको लागतमा निर्माण गर्ने भनिएको जेष्ठ नागरिक भवन निर्माणमा भ्रष्टाचार भएको भन्ने विभिन्न प्रतिवेदनले पनि उल्लेख गरेको छ । उक्त भ्रष्टाचारको कार्य अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उजुरी पेरको छ । अदालतमा समेत मुद्धा परेपछि अख्तियारलाई निर्देशनात्मक आदेश दिएको छ ।

यसमा अख्तिायार किन मौन छ ? त्यस्तै महिला आयोगमा विभिन्न शिर्षकमा हाल पनि लाखौंको भ्रष्टाचार गरेको जानकारीहरु आएका छन् । दवाव दिएर बजेट निकासा गरिएको सुन्न आएको छ । सम्बन्धीत निकाय के गर्दै छ ? त्यस्तै अध्यक्ष पराजुलीले आयोगको कार्यालय सार्ने विषयमा सरकारले भवन व्यवस्थापन गरिसक्दा पनि भवन व्यवस्थापनको नेतृत्वमा गर्नेमाथि प्रश्न उठाउँदै राजनीतिक इगो साँधेर भवन नसार्ने निर्णय गरी सरकारलाई चुनौति दिइरहनुभएको छ ।

आयोगमा राजनीतिक इगो बनाउने कि दिगो बनाउने ? शक्तिको दुरुपयोग गर्दै अध्यक्ष कमला पराजुलीले पीडित महिलालाई न्याय दिनु पर्नेमा आफै अदालत झैं बन्दै पीडकको पक्षमा निर्णय भएको प्रमाणहरु सार्वजनिक भएका छन् । यसमा आयोगलाई बैशाखी टेकेर हिड्ने अवस्था बनाइएको छ, घिस्रीरहेको छ । आयोगलाई आम महिलाको अभिभावक बनाउन सम्बन्धित मन्त्रालयले के गर्दैछ ? अध्यक्ष कमला पराजुलीलाई कारवाहीको प्रकृया अगाडी बढाउन जोडदार माग गर्दछु ।