२५ बैशाख २०८१, मंगलवार
Follow Us

त्रिविमा रेक्टर र रजिष्ट्रार नियुक्त

नेपालब्रिटेन संवाददाता
३० चैत्र २०८०, शुक्रबार १३:४४

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को रेक्टरमा प्रा.डा. खड्क केसी नियुक्त भएका भने रजिष्ट्रारमा प्रा.डा. केदार रिजाल नियुक्त भएका छन् । त्रिविका उपकुलपति प्रा. डा. केशरजंग बरालले प्रधानमन्त्रीसमक्ष यी नाम सिफारिस गरेका थिए ।

त्रिवि ऐन अनुसार रेक्टर र रजिष्ट्रार पदमा उपकुलपतिले सिफारिस गरेका व्यक्तिलाई कुलपति (प्रधानमन्त्री) ले नियुक्ति गर्नुपर्ने व्यवस्था रहेको छ ।

रजिष्ट्रारमा नियुक्त रिजाल वातावरण विज्ञान विभागका प्राध्यापक हुन् भने प्रा. केसी त्रिविको अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीतिक विभागमा कार्यरत रहेका छन ।