१८ बैशाख २०८१, मंगलवार
Follow Us

एसीसी प्रिमियर कपमा भोलि हङकङसँग भिड्दै नेपाल

नेपालब्रिटेन संवाददाता
२ बैशाख २०८१, आईतवार ०७:२२

काठमाडौँ । एसीसी मेन्स प्रिमियर कप अन्तर्गत नेपालले भोलि हङकङसँग खेल्ने भएको छ। ओमानको अल अमेरात क्रिकेट ग्राउन्डमा हुने नेपाल र हङकङबीको खेल बिहान ११: ४५ बजेबाट सुरु हुनेछ।

आफ्नो तेस्रो खेलमा हङकङको सामना गर्न लागेको नेपाल उच्च मनोबलका साथ मैदान उत्रने छ। साबिक विजेता समेत रहेको नेपालले यसअघिका आफ्ना दुवै खेलमा सानदार जित हात पारेको छ।

प्रतियोगिता अन्तर्गत नेपालले पहिलो खेलमा मलेसियालाई ५ विकेटले हराउँदै जित हात पारेको थियो भने दोस्रो खेलमा कतारलाई ३२ रनले पराजित गर्‍यो। भोलिको खेलमा जित निकाल्दै नेपाल आफ्नो अपराजित यात्रालाई निरन्तरता दिने नेपालको योजना छ ।