२४ असार २०८१, आईतवार
Follow Us

ठाकुरप्रसाद डाँगीलाई सहिद घोषणा नगरे आन्दोलन गर्ने राप्रपाको चेतावनी

नेपालब्रिटेन संवाददाता
४ बैशाख २०८१, मंगलवार १३:५४

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आफ्नो पार्टीका सहमहामन्त्री रवीन्द्रप्रताप शाहले ठाकुर प्रसाद डाँगीलाई सरकारले सहिद घोषणा नगरे कडा सडक आन्दोलन गर्ने चेतावनी दिएका छन्।

राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै शाहले डाँगीलाई सहिद घोषण नगरे सरकारले चर्को मूल्य चुकाउनुपर्ने बताएका हुन् ।

गृहमन्त्री रवि लामिछानेले शान्तिपूर्ण रूपमा परिचालन गरिएको आन्दोलनमा गरेको दमन नेपालकै इतिहासमा अक्षम्य रहेको बताउँदै शाहले आन्दोलनमा गरिएको दमन निन्दनीय रहेको धारणा राखे।उनले राप्रपाको वैशाख १६ र १७ गते बस्ने केन्द्रीय कार्यसम्पादन समितिको बैठकले थप आन्दोलनको घोषणा गर्ने जानकारी समेत दिएका छन्।

राप्रपाले चैत्र २७ गते काठमाडौँमा गरेको आन्दोलनमा सहभागी भएका डाँगी प्रहरीले प्रहार गरेको अश्रुग्याँस लागेर गम्भीर बनेका थिए। डाँगीको उपचारका क्रममा सोमबार निधन भएको हो।