१४ असार २०८१, बिहीबार
Follow Us

सरकारद्धारा ‘जन्मस्थलमा एनआरएन कार्यक्रम’ को घोषणा

नेपालब्रिटेन डट कम्
१५ जेष्ठ २०८१, मंगलवार १९:१५

लण्डन । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षका लागि कूल १८ खर्ब ६० अर्ब ३० करोडको बजेट पेश गरेका छन् । पुनले मंगलबार अर्थमन्त्री पुनले संसदमा बजेट सार्बजनिक गर्दै ‘विदेशको आम्दानी स्वदेशमा लगानी’ अन्तरर्गत गैरआवासीय नेपाली नेपालीको पुँजी, प्रविधि र सीपलाई मातृभूमिसँग जोड्न ‘जन्मस्थलमा गैरआवासीय नेपाली अभियान’ सञ्चालन गर्ने घोषणा गरेका छन् ।

मन्त्री पुनले गैरआवासीय नेपालीद्धारा स्थापित एनआरएन डेभेलपमेन्ट फण्डको उपयोग र लगानीका थप अवर प्रवद्र्धन गर्न सहजीकरण गरिने बताए ।

उनले बजेट मार्फत गैरआवासीय नेपालका सन्ततिलाई नेपालको भूगोल, कला र संस्कृतिसँग परिचित हुन पुख्यौंली थलोमा भ्रमण गर्न आव्हान गरे ।
कुल १८ खर्ब ६० अर्ब ३० करोडको बजेट सार्बजनिक गरेका हुन् । गत बर्ष १७ खर्ब ९३ अर्ब ८३ करोडको बजेट आएको थियो ।

अर्थमन्त्री पुनका अनुसार कूल विनियोजनमध्ये चालुतर्फ ११ खर्ब ४० अर्ब ६६ करोड अर्थात ६१।३१ प्रतिशत रहेको छ भने पुँजीगततर्फ ३ खर्ब ५२ अर्ब ३५ करोड अर्थात १८।९४ प्रतिशत र वित्तीय व्यवस्थातर्फ ३ खर्ब ६७ अर्ब १८ करोड १९।७४ प्रतिशत बजेट विनियोजन गरिएको छ ।