१४ असार २०८१, बिहीबार
Follow Us

हिलिङ थेरापीले निको पार्छ यी रोग, श्री वालेश्वरी देवीलाई बेलायतमा भ्याई नभ्याई (भिडियो)

नेपालब्रिटेन डट कम्
२० जेष्ठ २०८१, आईतवार ०८:२८

लण्डन । के तपाई, मानसिक स्वास्थ्य, शारीरीक समस्या , डर लाग्ने, थकान महसुस हुने, डिप्रेसशन्, एन्जाईटी, निद्रा नपर्ने, तनाव लगायतको रोगबाट आजित हुनुहुन्छ

अब, धेरै तनाव लिएर हिँड्नु पर्दैन्, आधुनिक चिकित्सा पद्धतिलाई चुनौती दिँदै लोकप्रीय बन्दैछ प्राचिन चिकित्सा पद्धति। तपाई कल्पनै गर्न सक्नुहुन्न्, सामान्य सिन्गिंग बोव्ल (गीत गाउने कचौरा ) (कचौरा) बाट निकाल्ने आवाजको सन्तुलनबाट तपाईलाई लागेका सबै प्रकारका रोगबाट मुक्त हुनुहुन्छ । बेलायतमा एक महिना अघि आफ्नै देशको प्राचिन पद्धति लिएर आएकी छन् श्री वालेश्वरी देवी । उनलाई अहिले बेलायतमा भ्याई नभ्याई छ । उनले दुई प्रकारको उपचार पद्धति मार्फत सेवा दिँदै आएकी छन् ।

मानसिक स्वास्थ्य, डर लाग्ने, थकान, डिप्रेशन्, निद्रा नपर्ने नसामा हुने समस्या लगायत् चक्र हिलिङ मार्फत उपचार गरिन्छ भने शरीरमा लागेको कुनैपनि देखिने वा नदेखिएको रोग छ भने त्यसमा फिजिकल हिलिङ पद्धतिको प्रयोग गरिन्छ।

वालेश्वरी देवीका अनुसार चक्र हिलिङमार्फत मानिसलाई शुन्यतामा पुर्याउन ध्यान एकिकृत गराउनको लागि चक्र हिलिङको प्रयोग गरिन्छ ।

मानिसका शरीरमा भएका ७ वटा चक्रहरुलाई सिन्गिंग बलको ध्वनिको माध्यमबाट सक्रिय बनाउने काम गर्छ ।

शरीरमा भयका सात चक्रहरु :
१) मुलाधार चक्र: हाम्रो शरिरको सबै भन्दा तल्लो भागमा
२) स्वाधिस्ठान चक्र: कम्मर र नावीको बीच भाग मा पर्छ
३) मणिपुर चक्र : नाबी पेट मा पर्छ
४) अनाहत चक्र : हृदय , वायुसँग सम्बन्ध रहन्छ
५ ) बिशुद्दी चक्र : घाँटीमा रहन्छ : आवाज
६ ) आज्ञा चक्र : दुई आँखाको बीच भाग निधारमा रहन्छ जुन प्रकाशसँग सम्बन्धित छ ।
७ ) सहस्त्र चक्र : टाउकोको बीच भागमा जुन आभाससँग सम्बन्धित रहन्छ ।

यी सातवट़ा चक्रलाई व्यालेन्स गर्ने काम हिलिङले गर्छ ।

मानिसको शरीरमा अप्रत्यासीक रुपमा आउने रोगहरुलाई रोक्नको लागि चक्र हिलिङको महत्वपूर्ण भूमिका हुने वालेश्वरीको दावी रहेको छ । चक्र हिलिङ पद्दतिको माध्यमबाट आगामी दिनमा लाग्न सक्ने रोगको संकेत सगै समाधान समेत गर्न सकिन्छ । चक्र हिलिङ पद्दतिले शरीरमा आराम दिलाउँछ र ब्लड सर्ककुलरलाई नियमित गराउँछ ।

वालेश्वरी देवीका अनुसार गहिरो रोग लागेका,डिप्रेसन,डर लाग्ने लगायतका रोग भएका हरुले दैनिक १ सेसन गरि कम्तीमा ७ वटा सेसनमा यो उपचार लिनु पर्ने हुन्छ । तर सामान्य थकान कम गर्न शारिरीक र मानिसिक स्वास्थ्यलाई सन्तुलनमा राख्नको लागि एउटै सेसनले समेत सहयोग पुर्याउँछ ।

समय व्यवस्थापन गर्न नसकेर आफ्नो स्वास्थ्यको लागि समय दिन नसक्ने, मानसिक स्वास्थ्य सम्बन्धी समस्या रहेका व्यक्तिहरुले शरिरलाई यो पद्धतिद्धारा आराम राखेर निरोगी बन्न सकिन्छ ।

४० मिनेट सम्म दिइने यो थेरापीले इरेटियटिङ हुने, थकान लाग्ने लगायतका समस्यालाई समाधान गरिदिन्छ ।

भाचिँएको हड्डी जोड्न नसकिने तर घाउहरु सच्चो गराउन सकिने, कान पाकेको, कान चिलायको, कम सुन्ने, खटिरा लगायतको रोग निको पार्न चक्र हिलिङले सहयोग गर्दछ ।

३ वर्ष अघि देखि यो ध्वनि पद्धतिको उपचारमा खटिएकी वालेश्वरी देवीले सय भन्दा बढीको रोग निको पारेकी छिन् ।

लण्डनस्थित वीलवीचमा बालेश्वरी देवीसंग उपचार लिएकी सिता सापकोटा अहिले दंग छिन् । उनको मानसिक तनाव कम हुँदै गए पछि भन्छिन् आनन्द आयो। पहिलो थेरापी भन्दा दोस्रो पटक लिएको थेरापीले निकै राम्रो भयो । यो शरीरको लागि अति आवश्यक रहेको छ ।

उनले ध्वनि चिकित्सा पद्धतिको उदगम स्थल नेपाल नै रहेको बताईन् । भगवान गौतम बुद्धले समेत ध्यानको लागि सिन्गिंग बोउव्लको प्रयोग गरेको तथ्यहरु पढ्न सकिन्छ । बुद्ध धर्मालम्बीहरुमा आजपनि सिन्गिंग बल लोकप्रिय छ ।

यो थेरापी मुटुको शल्यक्रिया गरि रबर राखेको, कुनै किसिमको ब्याट्री, हात खुट्टा भाँचिएर शरीरमा स्टिल राखेका मानिसहरुले यो थेरापी लिन मिल्दैन । ध्वनि चिकित्सा बाट निस्कने आवाजको कम्पनले रबर,ब्याट्री , स्टिललाई शरीरको मासु,नसाहरुबाट छुटाउने हुँदा यो पद्दति लिन मिल्दैन बाँकी कसैलाई यो पद्दत्तिले हानी नोक्सानी गर्दैन ।

नेपालबाटै पहिलो पटक सुरुवात गरिएको यो प्राचिन चिकित्सा विज्ञानको अध्ययनको लागि अमेरिका, यूरोप लगायतको मानिसहरु नेपाल जाने गरेका छन् । कचौरालाई लौरोको सहयोगले भाइब्रेसन मार्फत शरीरको रोग निको पार्ने यो थेरापी हिमालयन बल्वको रुपमा विश्वबजारमा परिचत छ ।

पूर्व संचारकर्मी समेत रहेकी बालेश्वरी देवीले पहिलो पटक आफ्नो टाउकोमा देखिएको समस्याको समाधान खोज्दै जानेक्रममा चक्र हिलिङसंग परिचित भएकी थिइन् । आफुलाई लामो समयदेखि लागेको रोग निको भएपछि उनले यसैलाई मुख्य पेशाको रुपमा बदलिन् ।

उनले हिलिङ थेरापीमार्फत सेवा दिएबापत बेलायतको इन्डियन कम्यूनिटिको एक संस्थामार्फतअवार्ड समेत प्राप्त गरेकी छन् ।

उपचार र हिलीङ्गसँग सम्बन्धित जानकारीका लागि सम्पर्क : Whatsapp 00977 9851185495