१४ असार २०८१, बिहीबार
Follow Us

एनआरएनए बेल्जियम महासचिव रुविना शर्माद्धारा संस्थामा एकताको लागि आब्हान

नेपालब्रिटेन डट कम्
२१ जेष्ठ २०८१, सोमबार ०७:२८

‘एनआरएनए बेल्जियममा भाडभैलो’

लण्डन । गैरआवासीय नेपाली संघ बेल्जियमकी महासचिव रुविना शर्माले गैरआवासीय नेपाली संघको अभियान अप्ठ्यारो परिस्थितिमा गुर्र्जिएको अवस्था संस्थागत एकताको लागि आग्रह गरेकी छन् ।

शर्माले गैरआवासीय नेपाली संघ बेल्जियमकी अध्यक्ष सिता सापकोटालाई सोमवार एक पत्र लेख्दै संस्थाको महासचिवसंग कुनै परामर्श विना आब्हान गरेको बैठक तत्काल स्थगित गरेर संस्थाका आन्तरिक समस्याको समाधान गरेर मात्र बैठक बोलाउन आग्रह गरेकी छन् ।

सोपकोटाले गैरआवासीय नेपाली संघ बेल्जियमको विद्यानको धारा १२।५ को उपधारा १२.३. ५ मा अध्यक्षको निर्देशनमा महासचिवले बैठक बोलाउन सक्ने वैधानिक प्रावधान विपरित महासचिवलाई बाहिर राखेर बैठक गर्न थाले पछि एनआरएनए बेल्जियममा भाडभैलै शुरु भएको हो ।

रुविना शर्माको पत्र जस्ताको त्यस्तै