१४ असार २०८१, बिहीबार
Follow Us

लण्डनमा मनाईयो २५६८ औं बुद्धजयन्ती ( भिडियो/ फोटो फिचर)

नेपालब्रिटेन डट कम्
२१ जेष्ठ २०८१, सोमबार ०९:०३

लण्डन । बेलायतमा २५६८ औं बुद्धजयन्ती एक विशेष समारोहको आयोजना गरि सम्पन्न भएको छ ।

बुद्ध फाउण्डेसन यूकेको आयोजनामा आइतवार लण्डनस्थित वुलवीचमा आयोजित कार्यक्रममा विश्व शान्तिको कामना गर्दै सबै अतिथि एवमं सहभागीहरुबाट सामूहिक दीप प्रज्ववलन गरे ।

वुल्लीचको जनरल गोर्डन स्क्वायरमा सम्पन्न कार्यक्रममा गैरआवासीय नेपालीहरु लगायत बेलायतका बिभिन्न शहरबाट जम्मा भएका विदेशी तथा नेपालीहरु गरि एक हजार भन्दा बढी नेपाली सहभागी रहेको आयोजकले जनाएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले गौतम बुद्धको शान्ति सन्देश प्रचारप्रसारका बुद्धजयन्ती कार्यक्रमले लुम्बिनीको पर्यटन प्रवद्र्धनमा कार्यक्रमले सघाउ र्पुयाउने बताए । उनले विश्वसम्पदा सूचीमा समेत समावेश लुम्बिनी क्षेत्रको पर्यटन प्रवद्र्धनमा कार्यक्रममा सहयोग पुरा–याउने विचार व्यक्त गरे ।

स्थानीय रोयल बरो अफ ग्रीनवीचका नवनिर्वाचित मेयर काउन्सिलर जीत रानाभाटले कार्यक्रमले बेलायतमा नेपाली समुदायको पहिचान स्थापित गर्न सहयोग र्पुयाउने बताए।

कार्यक्रममा बौद्ध लामा गुरु खेम्पो कर्मा छुल्ठिमले बौद्ध दर्शनसम्बन्धि प्रवचन दिए ।

कार्यक्रममा बौद्ध विश्वविद्यालयका पूर्व उपकुलपति ह्दय रत्न बज्राचार्य एवं प्राध्यापक कर्ण महर्जनले तयार पारेको बुद्धको जन्मदेखि मृत्युसम्मका विवरणयुक्त ‘क्यानभास’ कार्यक्रममा प्रदर्शनीमा राखिएको थियो ।

ध्वजापतका, बुद्धका मूर्तिहरु, बौद्ध दर्शनसम्बन्धी चित्रकलादेखि नेपालको पर्यटन प्रवद्र्धनका लागि राखिएका कयौं सामग्रीले सजिदा कार्यक्रमस्थल आकर्षक बनेको थियो ।

आयोजक बुद्ध फाउण्डेसन यूकेका अध्यक्ष दीपक श्रेष्ठले कार्यक्रम सफल पार्न योगदान गर्ने सबै सहभागी तथा सहयोगीलाई धन्यवाद दिए।

प्रसुना कंडेलले सञ्चालन गरेकी कार्यक्रममा नेपालबाट आएका गायक सुरेश लामा र गायिका अनु चौधरीसंगै शर्मिला बर्देवा, दीपक थापालगायतले गायन प्रस्तुत गरे ।

पासा पुचःयूकेद्वारा धिमे बाजा प्रस्तुत गरिएको कार्यक्रममा नेपालको सामाजिक तथा संस्कृति विविधता झल्काउने विभिन्न नृत्य तथा झाँकीहरु प्रस्तुत गरिएको थियो ।