१४ असार २०८१, बिहीबार
Follow Us

बलिउड अभिनेतृ कंगना रनावतको जित निश्चित

नेपालब्रिटेन संवाददाता
२२ जेष्ठ २०८१, मंगलवार १३:०८

छिमेकी देश भारतमा लोकसभा चुनावको मतगणना जारी छ । जारी मतगणनामा बलिउड अभिनेतृ कंगना रनावत लोकसभा सदस्य निर्वाचित हुने निश्चित भएको छ ।

उनी भारतीय जनता पार्टी (भाजपा)बाट हिमाचलको मण्डी सिटमा उम्मेदवार छिन् । त्यहाँ कंग्रेस आईबाट विक्रमाद्धित्य सिंह उम्मेदवार रहेका छन ।

अपराह्नसम्मको परिणामका आधारमा रनावतको जित निश्चित रहेको भारतीय समाचार संस्था हिन्दुस्तान टाइम्सले जानकारी दिएको छ । सिंह हिमाचल प्रदेशका पूर्वमुख्यमन्त्री वीरभद्र सिंहका छोरा समेत हुन्।