१४ असार २०८१, बिहीबार
Follow Us

साउदी लिगमा ब्रुनेको चासो !

नेपालब्रिटेन संवाददाता
२३ जेष्ठ २०८१, बुधबार ०६:३५

काठमाडौँ । म्यानचेस्टर सिटीबाट खेलिरहेका बेल्जियममा प्ले मेकर केभिन डी ब्रुने साउदी लिगमा जाने संकेत गरेका छन् । ब्रुनेको सिटीमा अर्को सिजनसम्म सम्झौता रहेको छ ।

उनले साउदी लिगमा जान आफु खुला रहेको बताउदै यसको कारण पैसा भएको बताएका छन् । ३२ बर्षिय ब्रुनेले बेल्जियमको पत्रिकासँगको अन्तर्वार्तामा आफु साउदी जान खुला रहेको बताएका हुन् ।

उनले सिटीमा प्रति साता ३ लाख ८३ हजार डलर पारिश्रमिक पाउछन् ।

ब्रुनेले आफु दुई सिजन खेलेमा युरोपमा १५ बर्ष खेले बराबरको पैसा पाउने उल्लेख गर्दै सिटी पछि साउदी जान सक्ने बताए । तर उनले अहिले नै साउदी जाने भन्ने बारेमा भने स्पष्ट गरेका छैनन् ।

साउदी लिगले ब्रुनेलाई भित्र्याउने बारे छलफल शुरु गरेको रिपोर्टमा बताइएको छ । क्रिस्टियानो रोनाल्डो साउदी लिग गएपछि अहिले नेइमारसहित दर्जनौं खेलाडी युरोप छोडेर साउदी गएका छन् । जस मध्ये करिम बेन्जमासहितका खेलाडी साउदीमा सेटल हुन सकेनन् भने अन्य खेलाडी साउदी लिगमा जमिरहेको देखिन्छ ।