१४ असार २०८१, बिहीबार
Follow Us

लुम्बिनी विकास कोषका इन्जिनियर भट्टराई भ्रष्टाचार मुद्दामा दोषी ठहर

नेपालब्रिटेन संवाददाता
२४ जेष्ठ २०८१, बिहीबार १३:०६

काठमाडौँ । लुम्बिनी विकास कोषका इन्जिनियर सरोज भट्टराई गैरकानुनी सम्पत्ति आर्जनको अभियोगमा दोषी ठहर भएका छन् । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यद्वय तेजनारायणसिंह राई र रितेन्द्र थापाको इजलासले बिहीबार दोषी ठहर गरेको हो ।

ठेक्कापट्टा लगाउँदा ठेकेदारबाट कमिसन लिएर जग्गाजमिन जोडेको लगायतको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत चैत २५ विशेष अदालतमा भट्टराईविरुद्ध मुद्दा दायर गरेको थियो ।

भट्टराईले कोषमा ठेक्काको काम गर्ने निर्माण सेवाका प्रोपराइटरबाट घुस रकम लिई आमा जनक नन्दनी भट्टराईको नाममा भक्तपुरको गुण्डुमा जग्गा खरिद गरेको अभियोग लगाएको थियो । अदालतले प्रतिवादी बनाइएकी आमा जनक नन्दनी भट्टराईलाई भने सफाइ दिएको छ । भट्टराईविरुद्धको सजाय निर्धारणका लागि ३१ गते पेशी तोकिएको छ ।