१६ चैत्र २०८०, शुक्रबार
Follow Us

राष्ट्रपति र शीर्ष नेताबीच राजनीतिक छलफल

नेपालब्रिटेन डट कम्
१० श्रावण २०७३, सोमबार १५:०६

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनको प्रक्रिया र बदलिँदो राजनीतिक परिस्थितिका बारेमा परामर्श गर्न आज प्रमुख तीन दलका शीर्ष नेतासँग भेटवार्ता गर्नुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा करिब दुई घन्टा भएको परामर्शमा प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल सहभागी हुनुहुन्थ्यो ।
राष्ट्रपतिका सञ्चारविज्ञ माधव शर्माका अनुसार मुलुकको विद्यमान अवस्थामा कसरी सहमतिका आधारमा संविधानको कार्यान्वयन र नयाँ सरकार बन्न सक्छ भन्ने विषयमा परामर्श भएको थियो । शीर्ष नेताले वार्तापछि सञ्चारकर्मीलाई कुनै प्रतिक्रिया दिनुभएन ।
आइतबार प्रधानमन्त्री ओलीले पदबाट राजीनामा दिएपछि नयाँ सरकार गठनका सम्बन्धमा परामर्श सुरु भएको हो । यसअघि राष्ट्रपति भण्डारीले नयाँ सरकार गठनमा अस्पष्ट रहेको धारा २९८ लाई बाधा अड्काउ आदेश जारी गरी स्पष्ट पार्ने काम गरिसक्नुभएको छ ।