१४ असार २०८१, बिहीबार
Follow Us

तोलामा चार हजारले घट्यो सुनको मुल्य

नेपालब्रिटेन संवाददाता
२७ जेष्ठ २०८१, आईतवार ०५:५१

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ ।

आइतबार सुन तोलामा ४ हजारले घटेर तोलाको एक लाख ४१ हजार पुगेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको मुल्य एक लाख ४० हजार ३०० पुगेको छ ।

यस अघि शुक्रबार सुन प्रतितोला १ लाख ४५ हजार रुपैयाँमा कारोबार भएको थियो । यो अहिलेसम्म नेपालमा कायम भएको उच्च मुल्य थियो ।

त्यस्तै आज चाँदीको मुल्य पनि घटेको छ । चाँदी तोलामा ७५ रुपैयाँले घटेर प्रतितोला १८२५ रुपैयाँमा कारोबार भइरहेको छ । यस अघि शुक्रबार तोलाको १९०० मा कारोबार भएको थियो ।