काठमाडौं । उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा) सभापति रवि लामिछानेले पूर्व प्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईलाई पढाउनतिर लाग्न सुझाव दिएका छन् ।
उनले रास्वपाले नेता उत्पादन गर्न लिडरसिप एकेडेमी सुरु गर्ने अवधारणा बनाएको भन्दै लामिछानेले त्यसमा पढाउन भट्टराईलाई प्रस्ताव गरेका हुन । आज बुधबार नेपाल समाजवादी पार्टीको स्थापना दिवसको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन । उनले आफूले गरेको प्रस्ताव भट्टराईले अस्वीकार गरेको पनि बताएका छन ।
उनले भने, ‘बरु पढाउनेतिर लाग्नुपर्यो, तपाईंले जेनेरेसनलाई आफूले जानेको सिकाउनतिर लाग्नुस् त्यहाँ चाहिँ राम्रो हुन्थ्यो कि भनेको थिएँ’, लामिछानेले भने, ‘डा. साबलाई के मन पथ्र्यो र राजनीतिक किरा भएको मान्छेलाई राजनीति भन्दा पर जाउ भनेको के मन पथ्र्यो र ?’ उनले भट्टराईको राजनीतिक निरन्तरताको प्रशंसा गर्दै त्यसलाई कायम राख्न सुझाव दिएका छन ।