१५ असार २०८१, शुक्रबार
Follow Us

पार्टीलाई कसैले हराउन नसक्ने गरी काम गर्न कार्यकर्तालाई देउवाको निर्देशन

नेपालब्रिटेन संवाददाता
९ असार २०८१, शनिबार १४:१९

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीलाई कसैले पनि हराउन नसक्ने गरी काम गर्न कार्यकर्तालाई निर्देशन दिएका छन् ।

शनिबार नवलपरासी पश्चिमको परासीमा नेता कार्यकर्ता भेटघाटका क्रममा उनले काँग्रेसलाई बलियो बनाउन निर्देशन दिएका हुन् ।

उनले चुनावमा हुने अन्तर्घात अन्त्य गर्न अहिलेदेखि नै योग्यता र क्षमताका आधारमा नेता कार्यकर्तालाई पार्टीभित्रको पदमा जिम्मेवारी दिन पनि निर्देशन दिएका छन् । त्यस्तै सबै तहमा प्रशिक्षण कार्यक्रमहरू राख्न र राजनीतिक विचारहरू प्रवाह गर्न पनि निर्देशन दिएका छन् ।

देउवाले पार्टीमा दण्ड र पुरस्कारको थिति बसाल्ने भन्दै ढुक्क भएर काम गर्न कार्यकर्तालाई आग्रह गरेका छन् ।