२० असार २०८१, बुधबार
Follow Us

एजेण्डामा सहमति बन्यो भने एमालेसँग सहकार्य हुन सक्छ : डा. प्रकाशशरण महत

नेपालब्रिटेन संवाददाता
१८ असार २०८१, सोमबार १३:४७

काठमाडौँ । नेपाली काँग्रेसका प्रवक्ता एवम् प्रतिनिधि सभा सदस्य डा. प्रकाशशरण महतले संविधान संशोधन लगायतको विषयमा समझदारी बनेको अवस्थामा काँग्रेस-एमालेको सहकार्य हुन सक्ने बताएका छन् ।

सोमबार प्रतिनिधि सभाबाट बाहिरिने क्रममा नेता महतले केवल सत्तामा मात्रै आधारित नभई मुद्दामा आधारित भएर कांग्रेस–एमालेबीचको गठबन्धन बन्ने सक्ने बताए ।

उनले भने, ‘हामी मुद्दामा आधारित हुनुपर्छ । सरकार परिवर्तन हुनु मात्रै महत्त्वपूर्ण कुरा होइन । यो सरकार दिगो हुनुपर्छ र दीर्घकालीन रूपमा काम गर्ने वातावरण हुनुपर्छ । अब सत्ताको लागि सत्ता होइन कि त्यसको दिगोपन, के–के मुद्दामा सहमति हुने ? निर्वाचन प्रणालीले स्थायित्वमा समस्या आयो भन्ने कुरा छ । यी सबै कुरामा समझदारी बन्यो भने अगाडि बढ्न सक्छ ।’

उनले यसबारे नेताहरुबीच कुराकानी हुनुलाई अस्वभाविकरुपमा लिन नहुने बताएका छन् ।