१० चैत्र २०८१, सोमबार
Follow Us

२ वर्ष केपी ओली र बाँकी कार्यकाल देउवा प्रधानमन्त्री बन्ने सहमति

नेपालब्रिटेन संवाददाता
३ श्रावण २०८१, बिहीबार ११:२९

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा आलोपालो प्रधानमन्त्री बन्ने सहमति भएको बताएका छन्।

बिहीबार ६२ औँ इन्जिनियर दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीले दुई वर्ष सरकारको नेतृत्व गर्ने बताए ।

त्यसपछिको बाँकी कार्यकाल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने उनले बताए । उनले काँग्रेस र एमालेका बीचमा भएको सहमति नलुकाइएको पनि बताए । दाहालले राजनीतिक स्थायित्वका लागि दुई ठूला दलहरू मिलेर सरकार बनाएको बताए ।

मन्त्री दाहालले सरकारलाई असफल हुने छुट नभएको समेत बताए ।