१६ श्रावण २०८२, शुक्रबार
Follow Us

नयाँ बजारबाट १४ लाख बराबरको सम्पत्ति चोरी

नेपालब्रिटेन संवाददाता
५ श्रावण २०८१, शनिबार १४:०१

काठमाडौं । काठमाडौं महानगरपालिका–१६ नयाँ बजार स्थित नर्सरी चोकबाट १४ लाख मूल्य बराबरको धनमाल चोरी भएको छ । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–५ घर भएर नर्सरी चोकमा बस्ने ३३ वर्षीया सीता लामाको डेरामा चोरी भएको जिल्ला प्रहरी परिसर काठमाण्डुले जानकारी दिएको छ ।

चोरीमा संलग्नहरूले ताला फोडेर ७ लाख नगद, सुन र चाँदीका गहना चोरेको प्रहरीले जानकारी दिएको छ । चोरीमा संलग्नहरूबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाण्डुले जानकारी दिएको छ ।

धेरै पढिएको