१३ बैशाख २०८२, शनिबार
Follow Us

एमाले केन्द्रीय सदस्य डा. पाठक बेलायतमा

नेपालब्रिटेन डट कम्
७ श्रावण २०८१, सोमबार २१:१९

लण्डन। पूर्वसांसद तथा नेकपा एमालेका केन्द्रीय सदस्य डा. सूर्य पाठक बेलायत आएका छन्। डा. पाठक चार साताको बेलायत र स्वीजरल्याण्डको अध्ययन भ्रमणको लागि लण्डन आएका छन्।

डा. पाठक लण्डनस्थित हित्रो विमानस्थलमा सोमवार साँझ उत्रिंदा गैरआवासीय नेपाली संघका उपाध्यक्ष रामशरण सिमखडा र प्रवासी मंच अन्तर्राष्ट्रिय समितिकी सदस्य सरस्वती केसीले स्वागत गरेका थिए।

डा. पाठकले बेलायतमा नवनिर्वाचित सांसदहरूसँग भेटघाट तथा संसदको अध्ययन गर्ने भएका छन्।

उनी १ सेप्टेम्बरमा लण्डनमा आयोजना हुने नेपालब्रिटेन डट कमको वार्षिकोत्सव समारोहमा सहभागी हुने छन्।