१५ श्रावण २०८२, बिहीबार
Follow Us

५ हजार घुस प्रकरण: छानबिन गर्न गृहमन्त्रीको निर्देशन

नेपालब्रिटेन संवाददाता
८ श्रावण २०८१, मंगलवार १३:४८

काठमाडौं । गृहमन्त्री रमेश लेखकले पूर्वमन्त्री तथा सांसद वीरेन्द्र महतोले आफ्नो छोराको प्रमाणपत्र प्रमाणित गर्न बिचौलियालाई ५ हजार घुस दिनुपरेको घटनाबारे तत्काल छानबिन गर्न प्रहरीलाई निर्देशन दिइएको जानकारी दिएका छन ।

आज (मंगलबार) बसेको प्रतिनिधि सभा बैठकमा सांसदहरूका प्रश्नको जवाफ दिने क्रममा मन्त्री लेखकले यस्तो बताएका हुन । उनले उक्त घटनाबारे आफूले व्यक्तिगत रूपमा सांसद महतोसँग कुरा गरेर ती व्यक्तिको पहिचान गरिदिन आग्रह गरेको भन्दै प्रहरीलाई छानबिनका लागि निर्देशन दिइसकेको बताएका छन ।

लेखकले भने, ‘व्यक्तिगत रूपमा पनि मैले उहाँलाई सोधेर त्यो मान्छे चिनाउन सहयोग गर्न आग्रह गरेको छु’, मन्त्री लेखकले भने, ‘प्रहरीलाई उक्त घटनाको तत्काल छानबिन गर्न आवश्यक निर्देशन दिइसकिएको छ र यो विषय सरकारले अत्यन्त गम्भीरतापूर्वक लिएको छ ।’

धेरै पढिएको