१२ चैत्र २०८१, बुधबार
Follow Us

प्रिमियर लिगमा आर्सनलको विजयी शुरुवात

नेपालब्रिटेन संवाददाता
२ भाद्र २०८१, आईतवार ०३:३५

लन्डन । आर्सनलले प्रिमियर लिगको नयाँ सिजनमा विजयी शुरुवात गरेको छ । शनिबार राती सम्पन्न खेलमा आर्सनलले वोल्भ्सलाई २-० गोल अन्तरले पराजित गर्दै विजयी शुरुवात गरेको हो ।

आर्सनलको जितमा काई हावर्ट्ज र बुकायो साकाले एक एक गोल गरेका थिए । खेलको २५औं मिनेटसमा हावर्ट्जको गोलमा आर्सनलले शुरुवाती अग्रता लिएको थियो । त्यसपछि खेलको ७४औं मिनेटमा साकाले अग्रता दोब्बर बनाएका थिए ।

यो जितपछि आर्सनलले महत्वपूर्ण ३ अंक बटुलेको छ र नयाँ सिजनको शानदार शुरुवात गरेको छ ।