१३ बैशाख २०८२, शनिबार
Follow Us

एमालेले १८ र १९ भदौमा बोलायो पोलिटब्युरो बैठक

नेपालब्रिटेन संवाददाता
१३ भाद्र २०८१, बिहीबार १३:२०

काठमाडौँ । एमालेले पोलिटब्युरो बैठक बोलाएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा बिहीबार बसेको केन्द्रीय सचिवालय बैठकले भदौ १८ र १९ गते पोलिटब्युरो बैठक बोलाउने निर्णय भएको एक नेताले जानकारी दिएका छन ।

सचिवालय बैठकमा प्रस्तुत कार्ययोजनामामाथि सचिवालय सदस्य धारणा राखेको र पोलिटब्युरो बैठकमार्फत ०८१ को पार्टी कार्ययोजनाबारे छलफल गर्ने निर्णय गरेको भएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिएका छन ।

उनले भने, ‘कार्ययोजनालाई पोलिटब्युरोमा छलफल गराउने गरी १८ र १९ गते बैठक आह्वान भएको छ ।’ प्रस्तावित कार्ययोजनामा संगठन विस्तार र सदस्यता बढाउने अभियान सञ्चालन गर्ने उल्लेख गरीएको छ ।