रोल्पा । रोल्पाको थवाङ गाउँपालिका–२ जाजरकोट टोलमा वृद्धाको हत्या भएको छ । स्थानीय ७१ वर्षीया सारू रोकाको सोमबार राति हत्या भएको प्रहरीले जनाएको छ ।
प्रहरीले हत्या आरोपमा ३५ वर्षीय रामकुमार रोकालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार मदिरा सेवन गरेका रोकाले बन्दुकको कुन्दाले वृद्धाको टाउकोमा प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको थियो ।