११ बैशाख २०८२, बिहीबार
Follow Us

अदालतको आदेश मान्दिन, मुख छाड्न नपरोसः हर्क साम्पाङ

नेपालब्रिटेन संवाददाता
६ कार्तिक २०८१, मंगलवार ०४:४२

धरानका मेयर हर्क साम्पाङले उच्च अदालत विराटनगरको अल्पकालीन आदेश नमान्ने बताएका छन् ।

सोमबार सामाजिक सन्जाल फेसबुकमा लेख्दै मेयर साम्पाङले आफूलाई अदालतले नभइ जनताले मेयर चुनेको बताए । लोकतन्त्रमा सार्वभौम नेपाली नागरीकको शासन गर्ने अधिकार मताधिकारबाट ५ बर्षसम्म धरानको प्रमुख चुनिएको भन्दै उनले

११ नम्बरका वडाअध्यक्षलाई कार्यवाहक दिएको बताए । आफूले जसलाई अधिकार दियो उही कार्यवाहक हुने तर्क उनको छ ।

‘मलाई कुनै अदालतले चुनेको होइन । लोकतन्त्रमा सार्वभौम नेपाली नागरीकको शासन गर्ने अधिकार मताधिकारले चुनेको हो । ५ बर्षसम्म धरानको प्रमुख हुँ जुन जनताले बनाउनु भएको हो । मैले नागरिकले दिएको अधिकार दिएर ११ नम्बरको अध्यक्षलाई कार्यवाहक छोडेको छु । मैले जसलाई अधिकार दिएँ उही हो कार्यवाहक । केही हल्ला नगर । मुख छाड्नु नपरोस् । धरानको विकासको लागि म दुई दिन युके आउँदा बद्नाम गर्दै नबस है ।’

उपमेयर अइन्द्रविक्रम बेघाले आफू हुँदाहुँदै मेयर साम्पाङले धरान -११ का वडाध्यक्ष लोकन्द्र फागोलाई कार्यवाहक दिएर दुई साताका लागि बेलायत गएपछि मेयरको निर्णयविरुद्ध अदालत उच्च अदालत गएका थिए ।

बेघाको रिटमाथि सुनुवाई गर्दै उच्च अदालत विराटनगरले आइतबार मेयरको पत्र कार्यान्वयन नगर्न अल्पकालीन आदेश दिएको थियो ।