१० माघ २०८१, बिहीबार
Follow Us

गृहमन्त्री लेखकको दाबी : धनराज गुरुङमाथि पनि अनुसन्धान हुन्छ

नेपालब्रिटेन संवाददाता
१४ कार्तिक २०८१, बुधबार १२:१२

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले आफ्नै पार्टीका उपसभापति धनराज गुरुङमाथि पनि अनुसन्धान हुने बताएका छन् ।बुधबार पोखरामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै गृहमन्त्री लेखकले मुख हेरेर होइन, तथ्य प्रमाण हेरेर अनुसन्धान हुने बताएका हुन् । ‘धिराजजीमाथि पनि अनुसन्धान हुन्छ, छानबिन हुन्छ,’ उनले भने, ‘यदि तथ्य प्रमाणले उहाँले गैरकानुनी काम गरेको देखियो भने उहाँमाथि कारबाही हुन्छ ।’