१ माघ २०८१, मंगलवार
Follow Us

डोनाल्ड ट्रम्पले एलन मस्कलाई आफ्नो मन्त्रिपरिषद्मामा नियुक्त गर्ने

नेपालब्रिटेन डट कम्
२८ कार्तिक २०८१, बुधबार ००:५६

वासिङ्टन: अमेरिकाका निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले चर्चित उद्यमी तथा टेस्लाका मालिक एलन मस्कलाई आफ्नो मन्त्रिपरिषद्मा सामेल गर्ने घोषणा गरेका छन्। ट्रम्पले मङ्गलवार जानकारी दिँदै मस्कले सरकारको कार्यक्षमतामा सुधार ल्याउनका लागि सरकारको दक्षता विभागको सह-नेतृत्व गर्ने जानकारी दिए।

यो विभागमा मस्कसँगै पूर्व रिपब्लिकन राष्ट्रपति पदका प्रत्याशी विवेक रामास्वामी पनि सह-नेता हुनेछन्। ट्रम्पले मस्क र रामास्वामीले सरकारको अनावश्यक संरचना हटाउन, अत्यधिक नियमहरू घटाउन, अनावश्यक खर्च कटौती गर्न र संघीय निकायहरूको पुनर्संरचना गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए।

ट्रम्पले भने, “यी दुई जना मेरो प्रशासनको मार्ग प्रशस्त गर्दै सरकारको अनावश्यक झन्झट हटाउन, अनावश्यक नियम कटौती गर्न, बेकारका खर्च घटाउन र संघीय निकायहरूको संरचनालाई पुनः परिभाषित गर्न काम गर्नेछन्।”