२९ पुष २०८१, सोमबार
Follow Us

प्रचण्डको अभिव्यक्तिप्रति एमालेको आपत्ति

नेपालब्रिटेन संवाददाता
१ मंसिर २०८१, शनिबार १२:४९

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रधानमन्त्री केपी ओलीले चाइना कार्ड प्रयोग गर्न चीन भ्रमणमा जान लागेको अभिव्यक्तिप्रति सरकार नेतृत्वकर्ता एमालेले आपत्ति जनाएको छ ।

एमाले विदेश विभाग प्रमुख रघुवीर महासेठले शनिबार विज्ञप्ति जारी गर्दै प्रचण्डको अभिव्यक्ति गैरजिम्मेवार, नेपालको सार्वभौम प्रतिष्ठा र कूटनीतिलाई गहिरो असर पार्ने खालको रहेको बताएका छन् ।

प्रचण्डले केही दिनअघि भारतीय अखबार द हिन्दूलाई दिएको अन्तर्वार्तामा ओली नेपालको राजनीतिमा चिनियाँ कार्ड खोल्न उद्धत रहेको बताएका थिए । प्रधानमन्त्री ओली आगामी मंसिर तेश्रो साता चीन भ्रमणमा जाँदैछन् । ओली पहिला भारत भ्रमणमा जान इच्छुक थिए ।

तर, पटकपटक बोलाउन आग्रह गर्दा पनि भारतीय पक्षले निम्ता नदिएपछि उनले चिनियाँ अधिकारीलाई भ्रमणमा बोलाउन आग्रह गरेका थिए । ओलीकै आग्रहमा चीनले भ्रमणमा बोलाएको हो ।