काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईका पिता अस्पताल भर्ना भएका छन् । प्रधानमन्त्री ओलीका पितालाई शिक्षण अस्पताल महाराजगन्जमा राखिएको छ भने डा. भट्टराईका पिताको बीर अस्पतालमा उपचार भइरहेको छ ।
ओलीका पिता मोहनप्रसाद ओली फोक्सोमा समस्या देखिएसँग अस्पताल भर्ना भएका छन्। फोक्सोसम्बन्धी समस्या देखिएपछि उनको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा उपचार भइरहेको छ। प्रधानमन्त्री ओलीले अस्पताल पुगेर आफ्ना बुवाको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको स्वास्थ्य स्थिति सामान्य रहेको सामाजिक सञ्जालमार्फत् जानकारी दिएका छन्।
डा. भट्टराईले ९५ बर्षीय बुबालाई आज मात्रै वीर अस्पतालमा भर्ना गरेको सामाजिक सञ्जालमा उल्लेख गरेका छन् । उनले जेष्ठ नागरिकलाई उपचारको बेग्लै व्यवस्था गर्नसमेत अनुरोध गरेका छन् ।