१ माघ २०८१, मंगलवार
Follow Us

एकीकृत समाजवादीले नेताहरूको जिम्मेवारीको टुङ्ग्यायो

नेपालब्रिटेन संवाददाता
९ मंसिर २०८१, आईतवार ०६:४४

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले पार्टीमा नेताहरूको जिम्मेवारी तथा कार्य विभाजनको टुंगो लगाएको छ ।

पार्टी संरचनामा कार्य विभाजन गर्न पार्टी अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा गठित कार्यदलले माथिल्लो कमिटीदेखि तल्लो तहसम्म नेताहरूको ‘एक पद एक व्यक्ति’ प्रणालीका आधारमा कार्य विभाजन गरेको पोलिटब्यूरो सदस्य आलोक रायमाझीले जानकारी दिए । उनका अनुसार नेताहरूको जिम्मेवारी तथा कार्य विभाजन अन्तर पार्टी निर्देशनमार्फत जारी गरिने छ ।

कार्यदलद्वारा पार्टीमा फरक विचार पक्षधरलाई जिम्मेवारीमा केन्द्रित गर्ने गरी नेताहरूको कार्य विभाजन गरिएकाले संगठन थप सुदृढीकरण गरी गतिशील बन्ने अपेक्षा गरिएको उनले बताए । पार्टी विभागीय प्रमुख तथा जनवर्गीय संगठन, प्रदेश इञ्चार्ज तोकिएको छ भने अन्य नेताहरूको कार्य विभाजन पनि गरिएको जनाइएको छ ।