लन्डन । लिभरपुलले युइएफए च्याम्पियन्स लिग अन्तर्गत रियल म्याड्रिडलाई पराजित गरेको छ। गएराती सम्पन्न खेलमा आफ्नै घरेलु मैदान एनफिल्डमा लिभरपुलले रियल म्याड्रिडलाई २-० गोल अन्तरले पराजित गरेको हो।
लिभरपुलको जितमा एलेक्सिस म्याक अलेस्टर र कोडी गाक्पोले एक एक गोल गरेका हुन्। यो जितपछि लिभरपुल च्याम्पियन्स लिगको शिर्ष स्थानमा उक्लिएको छ। लिभरपुलको ५ खेलमा सबै खेल जितेर १५ अंक रहेको छ।
त्यसैगरी रियल म्याड्रिडको भने यस सिजनको च्याम्पियन्स लिगमा यो तेस्रो हार हो। ५ खेलमा ६ अंक रहेको रियल म्याड्रिड २४औं स्थानमा रहेको छ।