२७ श्रावण २०८२, मंगलवार
Follow Us

गाडीको ठक्करबाट सशस्त्र प्रहरीका सईको मृत्यु

नेपालब्रिटेन संवाददाता
१६ मंसिर २०८१, आईतवार ०५:५६

सिरहा । सिरहामा गाडीको ठक्करबाट सशस्त्र प्रहरीका नायब निरीक्षक (सई) को निधन भएको छ । बरियारपट्टी गाउँपालिका–१ स्थित कचनारी सीमा क्षेत्रमा नम्बर नखुलेको गाडीको ठक्करबाट सई लक्ष्मणप्रसाद यादवको मृत्यु भएको हो ।

शनिबार बिहान करिब ३ बजेतिर उनलाई गाडीले ठक्कर दिएको थियो । सिरहा प्रहरी प्रवक्ता डीएसपी वीरेन्द्रकुमार पासवानले गाडीको ठक्करबाट गम्भीर घाइते भएका यादवको उपचारका क्रममा लहानस्थित प्रादेशिक अस्पतालमा मृत्यु भएको हो । ठक्कर दिएपछि फरार गाडी र चालकको खोजी जारी रहेको प्रहरीको भनाइ छ ।

धेरै पढिएको