१० भाद्र २०८२, मंगलवार
Follow Us

मध्यान्नसम्म करिब ३२ प्रतिशत मतदान, सबैतिर शान्तिपुर्ण

नेपालब्रिटेन संवाददाता
१६ मंसिर २०८१, आईतवार ०६:०५

काठमाडौं । स्थानीय तहको उपनिर्वाचनमा मतदान प्रक्रिया जारी रहेको छ । बिहान ७ बजेबाट सुरु भएको मतदान ११ बजेसम्म करिब ३२ प्रतिशत सम्पन्न भएको छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले यस तीन घण्टाको अवधिमा करिब ३२ प्रतिशत मतदान भइसकेको जानकारी दिए । उनका अनुसार सवै मतदान केन्द्रमा मतदान शान्तिपुर्ण तरिकाले सञ्चालन भइरहेको छ ।

नगरपालिका प्रमुख, उपप्रमुख, गाउँपालिका प्रमुख, उपप्रमुख र वडाध्यक्षका लागि ४१ पदमा मतदान भइरहेको छ । यो उपनिर्वाचनमा ३७६ जना उम्मेदवार मैदानमा रहेका छन् । तीन जना उम्मेदवार निर्बिरोध निर्वाचित भइसकेका छन् ।

धेरै पढिएको