काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काविरुद्ध नेपाल स्काउटले प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिमा दर्ता गरेको उजुरी सांसदहरूलाई वितरण गरिएको छ ।
खड्का सञ्चालक रहेको खड्काल्यान्ड डेभलपमेन्ट प्रा.ली.ले भवन र जग्गा उपयोग गरेबापत ५ करोड रुपैयाँभन्दा बढी भाडा रकम नतिरेको भन्दै स्काउटले राज्यव्यवस्था समितिमा २०८० माघ १४ मा निवेदन दर्ता गरेको थियो ।
राज्यव्यवस्था तथा सुशासन समितिको मंगलबारको बैठकमा ऊर्जामन्त्री खड्काका सम्बन्धमा आएको उजुरी सदस्यहरूलाई वितरण गरिएको हो । समिति सभापति रामहरि खड्काले मन्त्री खड्काविरुद्ध स्काउटले दायर गरेको उजुरी सांसदहरूलाई वितरण गरिएको जानकारी दिए । उक्त उजुरी दर्ता भएको १० महिनापछि समिति सदस्यहरूलाई वितरण गरिएको हो ।
समिति सभापति खतिवडाले स्काउटको जग्गा खड्काको कम्पनीले उपयोग गरेको र भाडा नतिरेको सम्बन्धमा भए गरेका कागजात माग गरिएको बताएका छन् । स्काउटलाई बुधबारसम्म थप कागजात मागिएको खतिवडाले बताए । अहिलेसम्म ‘खड्काको कम्पनीले कति पैसा तिर्न बाँकी छ ? मुद्दाको अवस्था के छ ? ब्याज तिर्न कति बाँकी छ ? लगायतका विषयमा बुधबारसम्म कागजात बुझाउन स्काउटसँग माग गरिएको छ, ‘राज्य व्यवस्था समितिका सभापति खतिवडाले भने ।