२५ असार २०८२, बुधबार
Follow Us

पाँच जना सहसचिवका लागि बढुवा सिफारिस

नेपालब्रिटेन संवाददाता
२ पुष २०८१, मंगलवार ०५:३५

काठमाडौँ । पाँच सहसचिवका लागि बढुवा सिफारिस गरिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको बढुवा समितिको सचिवालयले मंगलवार(आज)नेपाल परराष्ट्र सेवाका पाँच उपसचिवहरूलाई सहसचिव बढुवाका लागि सिफारिस गरेको हो ।

बढुवा समितिको सोमबारको निर्णयाअनुशार उनीहरूलाई बढुवा सिफारिस गरिएको हो ।

ज्येष्ठता र कार्यसम्पादन मूल्यांकनद्वारा हुने बढुवाका आधारमा सिफारिस हुने उम्मेदवारहरूमा पुष्पराज भट्टराई, मणिरत्न शर्मा, लोक बहादुर पौडेल क्षेत्री, किरण शाक्य र दुरपदा सापकोटा रहेका छन् ।

धेरै पढिएको