लन्डन । लिभरपुलस्थित नेपालीहरुले ल्होछार मनाएका छन्। नेपाली सोसाईटी लिभरपुलको आयोजनामा गतसाता त्यहाँस्थित नेपालीहरुले एक विशेष कार्यक्रमको आयोजना गरेर सो पर्व मनाएका हुन्।
कार्यक्रममा सहभागिहरुलाई समाजका अध्यक्ष नेत्र खरेलले स्वागत गर्दै ल्होछार पर्वको महत्व र यसको सांस्कृतिक पृष्ठभूमि बारेमा चर्चा गरे। कार्यक्रममा संजय लामा र सपना परियारको संयोजनमा स्थानीय कलाकारहरुले नेपाली संस्कृति झल्किने नाचगान प्रस्तुत गरे। सहभागीहरुलाई नेपाली विशेष व्यञ्जन पनि परोसिए।
समाजका उपाध्यक्ष डा. महोहर बुद्धाथोकीले कार्यक्रममा सहभागीहरुलाई धन्यवाद दिदै समाजको सक्रियता र नेपाली चाडपर्वहरुलाई नियमित रुपमा मनाउने परम्परा कायम राख्न महत्त्वपूर्ण रहेको उल्लेख गरे।
समाजले यसरी विभिन्न नेपाली चाडपर्वहरुलाई भव्य र सांस्कृतिक रुपमा मनाउँदै आएको छ।