२ श्रावण २०८२, शुक्रबार
Follow Us

सुनको मूल्यमा भारी गिरावट

नेपालब्रिटेन संवाददाता
२१ पुष २०८१, आईतवार ०५:५५

काठमाडौं । नेपाली बजारमा सुनको भाउ आईतबार घटेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला १५ सय रुपैयाँले घटेर १ लाख ५२ हजार रुपैयाँ कायम भएको छ ।

लगातार ३ दिन बढेको सुनको भाउ आईतबार भने घटेको छ । यसअघि बुधबार, बिहीबार र शुक्रबार सुनको भाउ क्रमशः प्रतितोला १४ सय, ५०० र २ हजार रुपैयाँले बढेको थियो ।  यसअघि, शुक्रबार छापावाल सुनको भाउ प्रतितोला १ लाख ५३ हजार ५०० रुपैयाँ कायम रहेको थियो ।
यता, आज चाँदीको भाउ भन् स्थिर रहेको छ । आइतबार चाँदी तोलाको १८ सय १० रुपैयाँ कायम भएको छ । शुक्रबार पनि चाँदी सोही मूल्यमा किनेबेच भएको थियो ।

धेरै पढिएको