१२ माघ २०८१, शनिबार
Follow Us

नेपाली राजदूतावास अबुधाबीद्धारा ‘श्रमिक सचेतना घुम्ति शिविर’ संचालन (फोटो फिचर)

नेपालब्रिटेन डट कम्
२३ पुष २०८१, मंगलवार ०४:५०

अबुधाबी । नेपाली राजदूतावास अबुधावीले इमिरेट्समा राहादानी, कान्सुलर तथा श्रमिक सचेतना घुम्ति शिविर संचालन गरेको छ ।

दुतावासद्धारा सोमवार जारी विज्ञप्ति अनुसार नेपाली राजदूतावास, अबुधाबी र गैरआवासीय नेपाली संघ, एनसीसी युएई लगायतका अन्य संघसँस्थाहरुको सहयोगमा गत आइतवार घुम्ति शिबिर संचालित गरिएको हो ।

घुम्ति शिबिरमा ३३५ जना नेपालीहरुले राहदानी नवीकरण गर्नुका साथै ५५० जना नेपालीहरुले श्रमिकहरुलाई नेपाल तथा युएईका विद्यमान श्रम कानूनका विषयहरुमा जानकारी प्रदान गरिएको थियो ।

नेपाल सरकारले श्रम सुशासनका क्षेत्रमा अवलम्वन गरेका नीतिगत, कानूनी तथा प्रकियागत कदमहरु सामाजिक सुरक्षा कोषमा श्रमिकको आवद्धता, विप्रेषण पठाउँदाका फाइदा, पुनः श्रम स्वीृतिसम्बन्धी व्यवस्था एवम् वित्तीय साक्षरता लगायतका विषयमा जानकारी दिइएको दूतावासले जनाएको छ ।

राजदूतावासले राहदानीको म्याद । भिषाको म्याद समाप्त भैसकेका, राहदानी हराएर समस्यामा परेका व्यक्तिहरुको प्राथमिकताका साथ राहदानी नवीकरण गरिने जनाएको छ ।