३ माघ २०८१, बिहीबार
Follow Us

मिनबहादुर गुरुङलाई जग्गा फिर्ता गरौंः एमाले नेता भट्टराई

नेपालब्रिटेन संवाददाता
२३ पुष २०८१, मंगलवार १३:५६

काठमाडौं । एमाले नेता खिमलाल भट्टराईले विवादास्पद व्यवसायी मिनबहादुर गुरुङसँग पार्टी कार्यालय बनाउन जग्गा लिने निर्णयप्रति आपत्ति जनाएका छन् ।

पार्टी केन्द्रीय समिति बैठकमा मंगलबार बोल्दै भट्टराईले उक्त जग्गा गुरुङलाई फिर्ता गर्नुपर्ने बताए । ‘हामी हाम्रो कार्यालय आफैं बनाउन सक्छौं’, भट्टराईले भने, ‘मिनबहादुर गुरुङलाई धन्यवाद दिएर जग्गा फिर्ता गरौं ।’

कम्युनिष्ट पार्टीमा दान र चन्दा स्वीकार्य हुन नसक्ने उनको भनाइ थियो । गुरुङले बल्खुको खसी बजार नजिकै एमाले कार्यालय भवन बनाउने प्रयोजनका लागि ११ रोपनी जग्गा दान दिएका थिए । उक्त प्रकरणलाई लिएर जनस्तरबाट एमाले नेतृत्वको चर्को विरोध भइरहेको छ ।