२९ पुष २०८१, सोमबार
Follow Us

सडक विभागका सब-इन्जिनियर सेवाबाट बर्खास्त

नेपालब्रिटेन संवाददाता
२४ पुष २०८१, बुधबार १२:२१

काठमाडौँ । सडक विभाग अन्तर्गत सडक डिभिजन हेटौँडामा कार्यरत सब-इन्जिनियर पवन भट्टराईलाई सेवाबाट बर्खास्त गरिएको छ । विभागले बुधबार एक सूचना प्रकाशित गर्दै यसबारे जानकारी दिएको हो ।

नेपाल इन्जिनियरिङ सेवा सिभिल समूहको हाइवे उपसमूह राजपत्र अनकिंत प्रथम श्रेणी (प्राविधिक) तर्फका सब इन्जिनियर भट्टराई निजामती सेवा ऐन २०४९ को दफा ६१ (२) (क) को कसुरमा हटाइएको विभागले जनाएको छ ।

विभागले जारी गरेको सूचनामा भनिएको छ, ‘सब-इन्जिनियर पवन भट्टराई निजामती सेवा ऐन २०४९ को दफा ६१ (२) (क) को कसुर र सोही ऐनको दफा ५९ को खण्ड (ख) को देहाय (२) बमोजिम बर्खास्त गरिएको छ ।’ उनलाई भविष्यमा सरकारी सेवाका निमित्त अयोग्य ठहरिने गरी सेवाबाट बर्खास्त गरिएको विभागले जनाएको छ ।