३ माघ २०८१, बिहीबार
Follow Us

रिहा भएलगत्तै रवि लामिछानेलाई पक्राउ गर्ने तयारी, काठमाडौं ल्याइने

नेपालब्रिटेन संवाददाता
२५ पुष २०८१, बिहीबार १३:२८

काठमाडौं । पोखराको सूर्य दर्शन सहकारीको बचत अपचलन आरोपमा पक्राउ परेर धरौटीमा रिहा भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई पक्राउ गर्ने तयारी प्रहरीले गरेको छ । प्रहरी उच्च श्रोतका अनुसार लामिछानेलाई आजै पक्राउ गरी काठमाडौं ल्याउने तयारी छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंले लामिछानेलाई पक्राउ गरी काठमाडौं पठाइदिन बिहीबार पत्र लेखेको छ । ‘रवि लामिछाने जिल्ला अदालतको आदेशमा छुटिजाने भएमा पक्राउ गरी बुझाइदिनुहुन’, भन्ने व्यवहोराको पत्र पठाइएको काठमाडौं परिसरका एक अधिकृतले जानकारी दिए ।

कास्की जिल्ला अदालतका न्यायाधिश निजित राईको इजलासले लामिछानेलाई सूर्य दर्शन सहकारीको रकम अपचलन प्रकरणमा ६५ लाख धरौटीमा रिहा गर्न बिहीबार मात्र आदेश दिएको हो ।

लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउनुपर्ने सरकारको माग भने अदालतले अस्वीकार गरेको छ ।